स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ अष्ट्रियाले तेक्वान्दो खेलाडी विनय कार्कीलाई सम्मान गरेको छ । गत आइतबार संघका अध्यक्ष धर्मराज खतिवडाको सभापतित्वमा सम्मान कार्यक्रम सम्पन्न भएको हो । गत हप्ता एनआरएन अष्ट्रियाको तर्फबाट तेक्वान्दो खेल्न अमेरिका पुगेर सफलता हासिल गरेका खेलाडी कार्कीको सम्मान कार्यक्रममा अष्ट्रियामा रहेका विभिन्न संघसंस्थाहरुको उपस्थिति रहेको
कुवेत । करिब ७ बर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएकी बुटवलकी रमा गुरुङको सोमवार बिहान करिब १ बजेतिर कुवेतको जिलिबस्थित आफ्नै कोठामा हृदयघातका कारण मृत्यु भएको छ । दलित एकता सञ्जालका कोषाध्यक्ष कृष्ण सुनारले मृत्यु हुने रमा गुरुङकै फ्ल्याटमा बस्ने पूर्णिमा गुरुङलाई उद्धृत गर्दै पहिलोपेजलाई भने, उनी कुवेतको नासेर स्पोर्टस कम्पनी

जहाँ गयो उतै नेपालीपन : ओमानमा प्रगतिशील तीज

ओमानको तीज विशेष कार्यक्रममा पहिलोपेज मिडिया पार्टनर

मस्कट (ओमान) । नेपालीहरुको तन जहाँ भए पनि मन चाहिँ नेपालमै हुन्छ । यसको ज्वलन्त प्रमाण हो, ओमानमा रहेका नेपालीहरुको गतिविधि । रोजगारीको सिलसिलामा ओमान पुगेका नेपालीहरुले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज धुमधामसँग नेपालीपन र नेपाली शैलीमा मनाएका छन् । ओमान नेपाली एकता समाज महिला विभागद्वारा आयोजित “प्रगतिशील तीज
मेड्रिड । मेड्रिडको ब्यस्त दिनचर्याबाट फुर्सदको समय मिलाएर नजिकका छिमेकी, साथीभाइ, आफन्तसँग तीजको बहानामा भए पनि रमाइलो गर्न पाउँदा ताजगी पाउने अधिकांश महिलाहरुको भनाइ रहेको छ। त्यसो त तीजका दिन अत्यन्त इमान्दारपूर्वक, विधिपूर्वक हिन्दू पण्डित राखेर सम्पूर्ण पूजा विधि गर्ने महिलाहरु स्पेनमा धेरै नै छन् र मन्दिर या कसैको घरमा
क्यानडा । राष्ट्रियता लोकतन्त्र र समाजवादमा विश्वास राख्नु हुने क्यानाडामा बसोबास गरी रहनू भएका आम जनसमुदायहरूको ऐतिहासिक बिशेष भेला सम्पन्न गरेको छ । तत्कालिन नेपाली जनसम्पर्क समिति विभागीय प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीको प्रमुख आतिथ्यमा क्यानडाका लागि नेपाली महामहिम राजदुत कालीप्रसाद पोखरेल तथा एन. आर. एन. अध्यक्ष
स्विट्जरल्याण्ड । गैर-आवसीय नेपाली संघ, स्विट्जरल्याण्डको आयोजनामा यहि २७ अगस्ट शनिबारका दिन हुन गईरहेको तिज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ। नेपाली लोक दोहोरी गीतका चर्चित गायिका शकुन्तला थापाको बेजोड प्रस्तुतिका साथ चेलीबेटीहरुलाई दर खुवाउन एनआरएनए, स्विट्जरल्याण्डले तयारी पुरा गरी सकेको उक्त कार्यक्रममा तपाई सम्पूर्ण स्विट्जरल्याण्डवासी नेपाली तथा स्वीस दिदिबहिनीहरु
काठमाडौं । वर्षौंसम्म सरकारको मुख ताकेर बसेका म्यागेसेसे पुरस्कार प्राप्त व्यक्तित्व महावीर पुनले अब सरकारको मुख ताक्न छोडिसके । सरकारी सहयोगका लागि वर्षौंसम्म भगीरथ प्रयास गरेका पुनले थकित र सरकारसँग निराश भएर अन्ततः मुख खोले, “अब म सरकारको मुख ताक्दैन, जनतामा जान्छु ।” राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि आफ्नो कदम
स्वीजरल्याण्ड । चितवन सेवा समाज साइप्रसको भर्खरै जुलाई २४ मा तदर्थ समिति गठन भएको हो । ऊ आफैमा भर्खर कोपिलामै हुँदाहुँदै पनि नयाँ जोशका साथ उत्साहित हुँदैछ । भर्खरै स्थापना भए तापनि ब्लडमनी तिर्न नसकेर १५ महिनादेखि साउदी अरवको जेलमा रहेका रामचन्द्र तिमिल्सिना बचाउ अभियानमा साइप्रसमा बस्ने नेपालीहरु सक्रियतापूर्वक लागेका
कुवेत । कुवेतमा २२ औं विश्व आदिवासी दिवस मनाइएको छ । “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अधुरो र अपुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान” भन्ने मूल नाराका साथ आयोजित समारोह शुभकामना आदानप्रदान गरी सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ कुवेतको आयोजनामा फर्वानियास्थित नेपाली सभागृहमा आयोजित
स्वीटजरल्याण्ड । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा अगस्त २७ तारिख २०१६ शनिवारका दिन स्वीटजरल्याण्डमा तीज विशेष कार्यक्रम हुने भएको छ । नेपाली कला संस्कृतिको जगेर्ना गर्दै स्वीट्जरल्याण्डबासी नेपाली दिदीबहिनीहरूलाई एकै थलोमा भेट गराउँदै आपसी सदभाव र सम्बन्ध बढाउने उद्देश्यसहित एनआरएनए स्वीटजरल्याण्डको आयोजनामा तीज विशेष कार्यक्रम हुन थालेको हो
काठमाडौं– एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले भारतमा रहेका प्रवासी नेपालीहरुको समस्यावारे संसदमा कुरा उठाउने बताएका छन् । एमाओवादी निकट प्रवासी संगठन अखिल भारत नेपाली एकता मंचको पश्चिम क्षेत्रीय समितिको सम्मेलनको उद्घाटन गर्दै महासचिव महराले प्रवासी नेपालीको समस्या समाधान गर्न संसदमा कुरा उठाउने बताएका छन् । ‘भारतमा रहेका नेपालीहरुको समस्या समाधन
मिसिसागा – शेर्पा संघ क्यानडाको आयोजनामा बिशेष ल्होसार कार्यक्रम सम्पन्न भएको छ । शेर्पा समुदायले आफ्नो नयाँ बर्षका रुपमा हरेक बर्ष ल्होसार पर्व मनाउने गर्छन् । यो बर्ष २१४३ ग्याल्बो ल्होसार हो । क्यानडाको मिसिसागास्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको ल्होसार बिशेष कार्यक्रममा क्यानडाबासी शेर्पा समुदायको उपस्थिती बाक्लो थियो ।
  कुवेत – कुवेतमा रक्सीको कारखाना खोली अबैध धन्दा गर्ने सात नेपाली पक्राऊ परेका छन् । कुवेतको साल्वा भन्ने स्थानमा प्रहरीले छापामारी हिजो राती सात जनालाई पक्राऊ गरेको हो भने पक्राउ परेका सातै जना नेपाली रहेको खुलेको छ । प्रहरीले उनीहरुका साथबाट १५०० बोतल रक्सी, २५० ड्रम रक्सी बनाउने कच्चा
वाशिंगटन डिसी –फुलको आँखामा फूलै संसार बाट हरेक नेपालीको हृदयमा बास बसेकी सुमधुर स्वरकि धनि आनी छोइङले आगामी मार्च २० तारिखमा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउने भएकी छिन् l   उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको छ भने उनले त्यहाँ हिमाली बौद्ध भजन, तथा आध्यात्मिक
वाशिंगटन डिसी –उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष शैलीमा आयोजना गरि नौलो उदाहरण प्रस्तुत गरेको छ । डिसी क्षेत्रमा हरेक बर्ष अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपाली डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका