जापान । राप्ती समाज जापानको टोक्योमा सम्पन्न प्रथम अधिबेशनले रुकुमका विश्वेश्वर रेग्मीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जुलाई २३ तारिखमा भएको अधिवेशनले पदमप्रसाद भट्टराइको अध्यक्षमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । अधिवेशनले उपाध्यक्षत्रयमा राजन केसी, रवि पुन र विकास ओलीलाई चयन गरेको छ
जापान । नेपालीहरूको महान पर्व दशैंको पावन अवसरमा हाइजीमा युथ क्लब जापानले दशैंको टीकाका दिन दशैं डिजे डान्स पार्टीको आयोजना गर्ने भएको छ । दशैंलाई रमाइलो भाइचारा र सद्भावयुक्त बनाउनका लागि पार्टीको आयोजना गरिएको आयोजक हाइजिमा युथ क्लबका सचिव मनोज श्रेष्ठले बताए । नेपाली किचेन हाइजिमामा आयोजना गर्न लागिएको कार्यक्रम
जापान । दशैंको अवसर पारेर जापानको सिजुओकामा हुन लागेको दशैंकप जापानब्यापी फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा आगामी अक्टोबर ९ तारिखमा हुन लागेको प्रतियोगितामा ८ समूह उपाधिका लागि भिड्ने भएका छन् । सिजुओकाको माकिगाया फुटसल मैदानमा बिहान ११ बजेदेखि प्रतियोगिता सिजुओकामा पहिलोपटक हुन
जापान । विजयादशमी तथा दीपावलीका अवसरमा जापानको सिजुओकामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको विदेशस्थित भातृ संगठन नेपाली प्रवासी मन्च सिजुओकाले सिजुओकामा आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो । सिजुओकास्थित नमस्ते रेष्टुरेण्टमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले विदेशमा गरिने राजनीति गतिशीलताको उदाहरण रहेको
जापान । सिटी एक्सप्रेस मनि ट्रान्सफरको सिजुओका शाखा सञ्चालनमा आएको छ । सिजुओकाको कोमागाता दोरीमा स्थापना भएको कार्यालयको एक कार्यक्रमका बीच सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानका अप्रेशन प्रमुख सिद्धार्थ शाक्य तथा सेभेन सामुराई इन्टरनेशनल कम्पनीका प्रमुख रेशम डङ्गोलले संयुक्तरुपमा उदघाटन गरे । उदघाटनपछि आयोजित कार्यक्रममा बोल्दै सिटी एक्सप्रेस मनि ट्रान्सफर
जापान । जापानमा हवलचन्द्र लामाको अध्यक्षतामा ५५ सदस्यीय जन प्रगतिशील मञ्च जापान गठन गरिएको छ । जन प्रगतिशील मञ्च जापानको एकताको अधिवेशनले उक्त समिति गठन गरेको हो । नवगठित केन्द्रीय समितिको उपाध्यक्षहरूमा लोकनाथ अधिकारी, हिमाल भट्टराई, मोहन पौडेल, रोशन श्रेष्ठ, रामु खड्का रहेका छन् । त्यसैगरी महासचिव श्यामहरि पाण्डे, उपमहासचिव
टोकियो । जापानमा रहेका नेकपा एमाले समर्थक तथा कार्यकताले विजयीदशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएका छन् । नेपालका विभिन्न जिल्लाहरुबाट जापानमा अध्यन–अध्यापन, व्यापार, व्यबसाय तथा रोजगारीको सिलसिलामा जापानमा आई बसोबास गरिरहेका एमाले समर्थित कार्यकर्ताले एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना

जापानमा विपी जयन्ती तथा गणेशमान स्मृति दिवस

जनसम्पर्क समितिको कार्यसमितिमा हेरफेर, रेशम डङ्गोल बने महामन्त्री

जापान । विपी जयन्ती तथा गणेशमान स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति जापानले बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गुन्मा केनमा रहेको दार्जिलिगं रेष्टुरेण्टमा आयोजित लोकतन्त्र, विपी गणेशमानका विचार र बर्तमान राजनीति विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले पछिल्लो समय सिद्धान्तको राजनीतिबाट विमुख भएर ब्यक्ति केन्द्रित राजनीति मौलाउँदै गएकोमा चिन्ता ब्यक्त
जापान । नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा जापान नेपाली एकता समाज केन्द्रीय समितिले नौमती बाजासहित तीज धमाका कार्यक्रमको आयोजना गरेको छ । ओशाका शहरको उमेदामा भव्यरूपमा भएको तीज धमाका कार्यक्रममा समाजका अध्यक्ष यमलाल सापकोटा अध्यक्षता र सचिव तुफान केसीको सञ्चालनमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि अन्तराष्ट्रिय नेपाली एकता

जनसम्पर्क समिति जापानको निर्वाचनमा ५ क्षेत्रमै मतपत्र च्यातियो

मतदान भएको क्षेत्रमा केसी समूहको प्रतिनिधिविहीन

जापान । नेपालबाट क्रियाशील सदस्य स्थानान्तरणको विषयमा विवाद समाधान नगरी अचानक मध्यरातमा आजै चुनाव गराउने निर्वाचन समितिको विरोध गर्दै जापानका ५ क्षेत्रमा जनसम्पर्क समिति जापानको चुनाव रोकिएको छ । यसरी निर्वाचन रोकिएका क्षेत्रहरुमा सिजुओका, कित्ता कान्तो, नागोया, निगाता, तोहकु रहेका छन् । निर्वाचन रोकिएका ती सबै क्षेत्रहरुमा मतदान केन्द्रबाटै मतपत्र

जनसम्पर्क समिति जापानमा घम्साघम्सीको संकेत

अध्यक्षमा केसीको प्यानलले गर्यो उम्मेदवारीको घोषणा

जापान । नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशनमा रोशन केसीको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । अधिवेशनको उदघाटनपछि शनिवार भएको छलफलबाट सभापतिमा केसीसहितको समूहले उम्मेदवारी घोषणा गरेको हो । केसीको प्यानलबाट महामन्त्रीमा रेशम डङ्गोल र कोषाध्यक्षमा सावित्री लामा ले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा सुजन जोशी,
सिजुओका (जापान) । नेपाली कांग्रेसको विदेशस्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति सिजुओकाको नयाँ नेतृत्व सर्वसम्मत ढंगबाट चयन भएको छ । समितिको दोस्रो अधिवेशनले आनन्द पुलामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा उदय बस्नेत र धर्मराज गुरुङ चयन भएका छन् । कार्यसमितिको सचिवमा विक्रम लामा तामाङ, सहसचिव मधुकर
जापान । जापानमा नेपाली जनसम्पर्क समितिका क्षेत्रीय अधिवेशनहरु हुने क्रमले तीब्रता पाएको छ । नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन नजिकिँदै गर्दा क्षेत्रीय अधिवेशनहरु धमाधम हुन थालेका हुन् । यसक्रममा नेपाली जनसम्पर्क समिति सिजुओकाको दोस्रो अधिवेशन जुलाई २४ मा हुने भएको छ । स्थानीय होटल गंगाजीमा बिहान ९ बजेदेखि सुरु हुने
सिजुओका (जापान) । नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धको ६० औ बर्षगाँठको अवसरमा जापानको सिजुओकामा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सिजुओकामा रहेका नेपालीहरुको पुरानो संस्था नमस्ते नेपाल सिजुओका तथा सान्तारो खागोरा नामक जापानी साङ्गीतिक समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा पञ्च लामा तथा उनको समूह चौतारीको विशेष साङ्गीतिक प्रस्तुति रहेको
लण्डन –बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ, युके शाखाको आगामी ६ मार्च आइतबार लण्डनमा हुने तेस्रो अधिवेसनको चुनावी पारो तातिँदै गइरहेको छ । अध्यक्ष पदमा नरेश खपाङ्गी मगर सर्वसम्मतमा चुनिएका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा श्याम लुइँटेल र धर्मराज अधिकारी चुनावी मैदानमा उत्रीने स्रोतले जनाएको छ । रेडियो