हङकङ । हङकङ तामाङ घेदुङको दशौं अधिबेशनले सरस्वती घिसिङलाई अध्यक्षमा चयन गरेको छ । हङकङको नेपाली रेस्टुरेन्ट याक एण्ड यतीमा आइतवार सम्पन्न भएको अधिवेशनमा अध्यक्षका अर्का प्रत्याशी भवेश घिसिङलाई पराजित गर्दै घिसिङ अध्यक्षमा बिजयी भएकी हुन् । अधिवेशनले उपाध्यक्षमा सुषमा वाइबा, सचिव भरत स्याङ्गत्याङ तामाङ, सहसचिव रमेश मोक्तान, कोषाध्यक्ष विजय
टोकियो – जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताए ।
नयाँदिल्ली–एमाओवादी निकट अखिल भारत नेपाली एकता मञ्च फरिदावाद नगर समिति चयन गरिएको छ । यहाँ आयोजित एक कार्यक्रमकाबीच तिलक विकको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । सो अवसरमा बाबुराम भट्टराई निकट नयाँ शक्ति र एमाले निकट प्रवासी मञ्चसम्बद्ध करीब ५० जना मञ्चमा प्रवेश गरेका थिए । उनीहरुलाई मञ्चका
अमेरिका- नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया , लस एन्जल्स च्याप्टरको १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ । आगामी दुई बर्से कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल,कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ , सपना चाकुबजी,उमा बस्नेत ,अमिता पौडेल, कल्पना पौड्याल
नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएका उनीहरूले नेपालको महाभूकम्प पछिको पर्यटकीय क्षेत्रलाई प्रबर्धन एवं पर्यटन योग्यका लागि प्रचार प्रसार गराउन समाजसेबी आंग तेन्जिंग शेर्पा र कमल भट्टको सामुहिक आयोजनामा गत शनिबार स्विटजरल्याण्डको पर्यटकीय ठाउं कान्तोन ओववाल्देन स्थित मेल्से फ्रुटमा ” स्नो फन ” कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न