फेरि घट्यो सुनको भाउ, तोलाको कति भयो ?

  पहिलोपेज

 2060 पटक हेरिएको

काठमाडौं । साताको पाँचौ दिन अर्थात आज बिहीबार सुनको भाउ घटेको छ ।

बुधवार हिजो ५ सय रुपैयाँले बढेको छापावाल सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कोरोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भएको छ । हिजो चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार