दीपेन्द्रले गरे सेनिटाइजर सहयोग

  पहिलोपेज

 174 पटक हेरिएको

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सामग्री वितरण अभियानलाई नारायणपुर निवासी दीपेन्द्र डाँगीले ३ हजार मूल्य बराबरको ३ सय मिलिको ९ थान सेनिटाइजर प्रदान गरेका छन् । हाल रोजगारको सिलसिलामा मलेसिया रहेका डाँगीले कोभिड १९ को रोकथाममा केही योगदान होस भनेर सहयोग गरेको बताउनुभयो ।

विदेशमा दुखजिलो गरेर भएपनि आफ्नो अभियानलाई सहयोग गरेकोमा सञ्चारकर्मी पीडितले डाँगीलाई धन्यवाद दिनुभएको छ ।

कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका सञ्चारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको हौसला बढाउन सञ्चारकर्मी पीडित भाद्र २५ देखि निःशुल्क स्वास्थ्य सामग्री वितरण अभियान शुरु गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार