संघीयताले देखायो रमिता : राजमो केन्द्रीय सदस्य थापा

  माधव खनाल

 184 पटक हेरिएको

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले नेपालमा विदेशीलाई खुशी पार्न ल्याइएको संघीयताले रमिता देखाएको बताउनुभएको छ । आइतबार राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका वडा न १ अन्तर्गत पर्ने आमडाँडामा भएको प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताउनुभएको हो ।

नेता थापाले केपी वली नेतृत्वको वर्तमान सरकारले कम्युनिष्टको बदनामी समेत गरेको आरोप लगाउनुभयो ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला सदस्य मेघराज खनालले अब पनि वर्तमान सरकारलाई कम्युनिष्टको सरकार भनेर भन्नुपर्ने आधारै नभएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर सदस्य भोजराज खनाल, अखिल नेपाल महिला संघकी सुशीला बैजाली, जनजाति सम्मेलनका गणेश घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो ।

भेलाले गणेश घर्तीको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जनमोर्चा आमडाँडाको टोल समिति गठन गरेको छ । जसमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा सुमित्रा थापा, सन्तोष पुन, सुशीला वैजाली, गोपाल घर्ती रहनुभएको छ । सदस्यहरुमा क्रमशः रबिन्द्र पुन, लोकबहादुर पुन, यमकला पुन, खिमा थापा र पदम थापा रहनुभएको छ ।

भेलाले सुशीला बैजाली अध्यक्ष रहेको सात सदस्यीय अखिल नेपाल महिला संघ आमडाँडा टोल समिति पनि गठन गरेको छ । जसमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुमित्रा थापा, सावित्रा घर्ती, कुमारी राना र धनकला राना रहनुभएको छ । सदस्यहरुमा डमा घर्तीमगर र भीमा घर्ती रहनुभएको छ ।

सोही भेलाले लोकबहादुर पुन अध्यक्ष रहेको २१ सदस्यीय अखिल नेपाल युवक संघ आमडाँडा टोल समिति गठन गरेको छ । जसमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गोपाल घर्ती, बाबुराम बैजाली, सन्तोष पुन र ललित घर्ती रहनुभएको छ । सदस्यहरुमा क्रमशः चुरन वैजाली, अशोक घर्ती, बेगम घर्ती, प्रकाश घर्ती, निरज घर्ती, सुनिल पुन, ज्योतिष थापा, राजेश पुन, जनक थापा, मनिष थापा, मिलन पुन, सन्तोष रोका, सुवास पुन, सुरज थापा, सुरज पुन, अरुण थापा रहनुभएको छ ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका वयोबृद्ध नेता जुद्धबहादुर वैजालीको अध्यक्षता र भोजराज खनालको सञ्चालनमा भएको थियो । जनमोर्चाले साताब्यापी रूपमा भूमिकास्थान नगरपालिका वडा न १ मा भेला, प्रशिक्षण, अन्तरक्रिया र संघसंगठन विस्तार अभियान चलाउने राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष मेघराज खनालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार