मन्त्रिपरिषद् पुनर्गठनसहित नेकपा सचिवालयका यस्ता महत्वपूर्ण निर्णय

  पहिलोपेज

 301 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको आज बसेको बैठकले मन्त्रिपरिषद फेरबदल वा पुनर्गठनका लागि सैद्धान्तिक सहमति कायम गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकले संवैधानिक र राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम पूरा गर्ने र मन्त्रिपरिषद् पुनर्गठनका लागि सैद्धान्तिक सहमति दिएको हो । सचिवालयको बैठक भोलि दिउँसो १ बजे फेरि बस्नेछ ।

सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो । यसअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार