वामदेव गौतम अन्ततः राष्ट्रियसभामा जान राजी, अर्थमन्त्रीको पद धरापमा

  पहिलोपेज

 193 पटक हेरिएको

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रियसभामा जान राजी भएका छन् । यसअघि उनले राष्ट्रियसभामा जान मानेका थिएनन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो ।सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटका लागि गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्थमन्त्री डा. युवराज खतिवडाबारे प्रधानमन्त्री ओलीले केही नभनेको उहाँले बताउनुभयो ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडामध्य कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो । यसअघि भएको राष्ट्रियसभा निर्वाचनमा उपाध्यक्ष गौतमले राष्ट्रियसभामा जान अस्वीकार गर्नुभएको थियो । उहाँले संविधान संशोधन गरेर राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्नसक्ने प्रावधान राखेपछि मात्र आफू राष्ट्रियसभामा जाने अडान लिनुभएको थियो । तर, अहिले भने उहाँ राष्ट्रियसभामा जान राजी हुनुभएको हो ।

उता, अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि पनि छिटै सकिँदै छ । राष्ट्रियसभाबाट अर्थमन्त्री बन्नुभएका डा. खतिवडाको पदावधि सकिएपछि उहाँ बाहिरिनुपर्ने हुन्छ । फेरि पनि राष्ट्रियसभा छिर्ने बाटो छेकिएपछि उहाँको पद पनि धरापमा देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार