प्यूठानमा कोरोना कारण पहिलोपटक एक पुरुषको मृत्यु

  पहिलोपेज

 260 पटक हेरिएको

प्यूठान, ५ भदौ । प्यूठानमा कोरोना भाइरसको कारण एक व्यक्तिको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६५ वर्षीय पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोभिड हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका ती व्यक्तिको स्वाव साउन २६ गते लिइएको थियो । साउन ३२ गते पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि बुटवल रिफर गरिएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो । मृत्यु भएको व्यक्तिलाई दमको समस्या रहेको उहाँले जानकारी दिनुभयो । प्यूठानमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार