सत्ताको छिनाझप्टीमा सत्तारुढ दलले गाईजात्रा देखायो : कमल थापा

  पहिलोपेज

 125 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाई बहुमतको सरकारले जनताको बिश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझप्टीका कारण ‘गाईजात्रा’ देखाएको बताउनुभएको छ । पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा प्रकाशित मुखपत्र ‘परिश्रम’ त्रैमासिक बुलेटिनको आज एक सामारोहका बीच बिमोचन गर्दै अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पूर्ण रुपमा असफल भएको बताउनुभयो ।

अध्यक्ष थापाले जिम्मेवारीबाट च्युत हुँदै गएको बताउँदै मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको उल्लेख गर्नुभयो । कोरोना महामारीका बीचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताउनुभयो । सर्वसत्तावाद, भ्रष्टाचार र धर्म परिबर्तन अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रभावहीन देखिएको बताउनुभयो । देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसङ्ग कुनै नीति, योजना र कार्यक्रम नभएको, सरकार निदाएर बसेको तर अबस्था भयाबह भन्दै थापाले सरकारको तीखो आलोचना गरे ।

‘यस्तो बेलामा मुलुकमा भरपर्दो र इमानदार शक्तिको आबश्यकता छ । त्यो पूरा गर्न राप्रपा एकता भएको हो’, थापाले भन्नुभयो, ‘एकता भाड्न सफल हुन नदिन चलखेल भइराखेका छन् ।’ अध्यक्ष थापाले त्यो चलखेललाई चिरेर राप्रपा अघि बढ्ने बताउनुभयो ।

राप्रपा विदेशी शक्तिको चाकरी र इशारामा नचल्ने स्वाभिमानीहरुको राष्ट्रबादी शक्ति भएको समेत स्पष्ट पार्नुभयो । कोरोना महामारीमा पिल्सिएका जनता, उद्योगी, ब्यबसायी र मजदुरको हितमा काम गर्न सरकार असफल भएको थापाको टिप्पणी थियो । मजदुरहरुको आवाजलाई बाहिर ल्याउन बुलेटिन प्रकाशित गरिएको संगठनका अध्यक्ष हिक्मतसिंह भण्डारीले बताउनुभयो । पत्रिकाको सम्पादक कृष्ण खनाल रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार