आजको राशिफलमा कस्तो लेखेको छ तपाईको भाग्य ?

  पहिलोपेज

 321 पटक हेरिएको

वि.सं. २०७७ साउन ३० शुक्रवार । भाद्र कृष्णपक्ष । दशमी, १०ः३१ उप्रान्त एकादशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ । समयमा वचन पुराउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुराउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । काममा पनि पछि परिनेछ । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोराएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुनसक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला । धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागि हुनेछ । रोकिएको काम बन्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व हातलागी हुनेछ । साँझतिर आकस्मिक खर्च बढ्ने देखिन्छ । हातलागी भएको रकम सरसापटमा बाहिरिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुराउनुहोला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । साँझतिर सामाजिक कामको जिम्मेवारी आउला । चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुनसक्छ । वादविवादले साथीभाइमा फाटो ल्याउनेछ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ । भेटघाटले काममा अलमल हुन सक्छ । यात्रा केही कष्टपूर्ण हुनेछ । साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । साँझतिर प्रियजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोराउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । तर केही चुनौती देखिनेछन् । वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको विश्वास गर्दा धोका पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यवसायमा फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार