प्रेस काउन्सिलको कालोसूचीमा माउण्टेन टेलिभिजन

  पहिलोपेज

 189 पटक हेरिएको

काठमाडौं । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको चरित्रहत्या गर्ने खालको समाचार सामग्री प्रसारण गरेको र पटकपटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी र झुठा विवरण पेश गरेको भन्दै काउन्सिलले उक्त टेलिभिजनलाई कालोसूचीमा राखेको जनाएको छ ।

प्रेस काउन्सिलले पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेको तर्फबाट साउन २ गते दर्ता भएको उजुरी र उक्त उजुरीको आधारमा प्रसारित सामग्री अनुगमन गर्दा तथ्य पुष्टि बेगर एकोहोरो, अशिष्ट एवम् अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकूल असर पर्ने गरी सम्प्रेषित उक्त सामग्री पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६०) प्रतिकूल सामग्री के, कसरी सम्प्रेषण हुन गएको हो ? भनी स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै फेरि उजुरीकर्ताले लिखित प्रतिक्रिया पेश गरेका थिए ।

त्यसपछि काउन्सिलले पटकपटक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । माउन्टेन टिभीले त्यसको समेत अवज्ञा गरेपछि काउन्सिलले २४ घण्टाभित्र क्षमायाचना सन्देश प्रसारण गर्न पुनः निर्देशन दिएको जनाएको छ । प्रसारण गरिएको उक्त क्षमायाचना सन्देश नक्कली भएको आरोप समेत लगाएको छ ।

उक्त क्षमायाचना सन्देश टिभीमा प्रसारण नगरी काउन्सिलमा मात्र उपलव्ध गराई पटकपटक काउन्सिलको निर्देशनलाई अवज्ञा तथा जालसाँझी गरी झुठा विवरण पेश गरेको आरोप लगाउँदै काउन्सिलले उक्त टिभीलाई पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा (७) १ (ज) बमोजिम कालोसूचीमा राखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार