कम्युनिष्ट र मधेसवादीको विकल्पमा राप्रपा उदाउने नेता बोहराको यस्तो दावी

  पहिलोपेज

 222 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनाएरै छाड्ने दृढता ब्यक्त गर्नुभएको छ । विभिन्न संगठन परित्याग गरी राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई राप्रपामा प्रवेश गराउदै बोहराले धर्म, संस्कृति, पहिचान रक्षाको निमित्त युबा पुस्ताले आन्दोलनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थी बर्गको हक, हितको निमित्त भन्दा पनि तन्नेरी पुस्ताको दुरुपयोग गर्ने प्रवृत्ति हाबी हुनु दुःखद भएको भन्दै मुलुकलाई समृद्धिको मार्गमा लैजानको निमित्त नयाँ पुस्ताले एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताउनुभयो । बोहराले अगामी निर्बाचनबाट काङ्ग्रेस, कम्युनिस्ट र मधेशबादी दलको बिकल्पको रुपमा राप्रपा उदाउने समेत दाबी गरे ।

कार्यक्रममा विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, अनमोल ढकाल, निराजन बम लगायत विद्यार्थी नेताहरुले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार