अनिश्चितकालसम्म सवारी पास पूर्णरुपमा रोक्न गृहले दियो यस्तो निर्देशन

  पहिलोपेज

 133 पटक हेरिएको

काठमाडौं । गृहमन्त्रालयले अन्तरजिल्ला सवारी पास अनिश्चितकालसम्मका लागि पूर्णरुपमा रोक्न निर्देशन दिएको छ । अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयहरुबाट बितरण हुँदै आएको अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द गरिएको हो ।

सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै गृहले साउन २९ गते बिहीबारदेखि नै सबैखाले सवारी पास वितरण रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । गृहले जारी गरेको परिपत्रमा कोभिड– १९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म सवारी पास वितरण नगर्न नगराउन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले बिभिन्न बहानामा अन्तरजिल्ला सवारी पास बितरण गर्दै आएका थिए । विभिन्न बहानामा पहुँचवालाहरुले अन्तरजिल्ला सवारी पासको दुरुपयोग गरेको भन्दै सवारी पासको आलोचना समेत हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार