बानियाँको रहस्यमय निधनबारे गहिरो छानविन र सत्यतथ्य सार्वजनिक गर्न महासंघको माग

  पहिलोपेज

 172 पटक हेरिएको

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव तथा का्िरन्तपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको दुःखद निधनले नेपाल पत्रकार महासंघ स्तव्ध भएको जनाएको छ । महासचिव रमेश विष्टले शोक विज्ञप्ति जारी गर्दै बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । स्व. बानियाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

शोक विज्ञप्ति
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुःखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याउनुभएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहनुभएका बानियाँकोे शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ । पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ ।

रमेश विष्ट
महासचिव
२०७७ साउन २८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार