धनमाल लुटेर श्रीमान/श्रीमतीको हत्या गर्ने भेटिए यी चार

  पहिलोपेज

 452 पटक हेरिएको

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एउटा दम्पत्ती हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका– ७ भगतपुरमा ६८ बर्षीया बेलीदेवी खाती र ७० बर्षीय घनश्याम खातीको हत्यामा साउन १६ गते संलग्न भएको आरोपमा ४ जनालाई कन्चनपुर प्रहरीले पक्राउ गरेको हो । साउन १६ गते राति घरमा प्रवेश गरी खाती दम्पत्तीलाई कुटपिट गरी धनमाल समेट लुटेर गएका थिए । बेलीदेबीको घटनास्थलमै मृत्यु भएको थियो भने घनश्यामको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दम्पत्तीको हत्या भएपछि पीडित परिवारका तर्फबाट स्थानीय राजेश खातीले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले कञ्चनपुर बेलौरी नगरपालिका– ९ भगतपुरका प्रकाश ऐर, सोही ठाउँका दिनेश राना, बेलौरी हात्तीबोझाका होरी राना र कृष्णपुर– ९ का रबि रानालाई पक्राउ गरेको हो । अभियुक्त रपि रानाको घरबाट १ लाख ५० हजार नगद तथा रानाले प्रयोग गरेका मोटरसाइकल थान २ बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार