मलामीको फोटो खिच्दा पत्रकारका आमा र भाइ घाइते

  पहिलोपेज

 219 पटक हेरिएको

सप्तरी । सप्तरीमा मृत्यु भएका एकजना पुरुषको अन्तिम दाहसंस्कारमा देखिएको भीडको तस्वीर खिच्ने पत्रकारको परिवारका सदस्यमाथि आक्रमण भएको छ ।

राजविराज नगरपालिका– १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । अन्तिम दाहसंस्कारमा सय जना भन्दा बढी मलामी गएको देखेपछि पत्रकार परिष कर्णले तस्वीर खिचेका थिए ।

कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा त्यत्रो भीड देखेपछि आफूले फोटो लिएको पत्रकार कर्णले बताए । फोटो लिएर उनी फर्किएलगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुईजना भाइमाथि कुटपिट गरेको कर्णले बताए ।

‘म फोटो खिचेर कार्यालयतर्फ गएको केहीबेरमै घरभित्र पसेर ‘कसले हाम्रो फोटो तान्यो’ भन्दै जथाभावी तरिकाले परिवारमाथि हातपात गरेका छन्’, पत्रकार कर्णले भने । पत्रकार कर्णका भाइ अन्जयले आफूहरुलाई केही बोल्न मौकै नदिई हातपात भएको बताए ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले यो घटनाले पत्रकार र उनका परिवार असुरक्षित भएको बताए । उनले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार