कांग्रेसको ध्यान अझै पनि कोरोनातिरै, कोरोनामा नेकपा चाहिँ सत्ता खिचातानीमा

  पहिलोपेज

 163 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसले महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि अबिलम्ब कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसको कोभिड—१९ अनुगमन समितिले सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारलाई कोरोना नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्यका बारेमा विभिन्न १३ बुँदे सुझाव समेत दिएको छ । मुलुकमा कोरोना महामारी भएपनि नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको समितिको आरोप छ ।

पत्रकार स्म्मेलनमा समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको आरोप लगाउनुभयो । समितिले सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गर्नुपर्ने, संक्रमण समुदायमा गइसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाउन सुझाव दिएको छ ।

समुदायमा संक्रमण विस्तारसँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्युदर बढ्दो रहेको भन्दै संयोजक महतले तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाउन पनि माग गर्नुभयो ।
खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने र आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न पनि समितिले सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार