आकाशै छोयो सुनको भाउले, बनायो अहिलेसम्मकै नयाँ कीर्तिमान

  पहिलोपेज

 388 पटक हेरिएको

काठमाडौं । नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्ला दिनहरुमा सुनको मूल्यले एकपछि अर्को फड्को हान्दै कीर्तिमान बनाइरहेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४ पुगेर नयाँ कीर्तिमान कायम गरेको छ ।

मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिनमा १६०० रुपैयाँले बढेको हो । आज तेजावी सुनको मूल्य चाहिँ १ लाख ९०० रुपैयाँ रहेको बताइएको छ । यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार