दाङमा १७ वर्षीया युवतीमाथि ४ युवाद्वारा सामूहिक बलात्कार, २ जना समातिए, २ जना फरार

  पहिलोपेज

 670 पटक हेरिएको

दाङ । दाङ जिल्लाको देउखुरीमा एक युवतीमाथि ४ जना युवाले सामुहिक बलात्कार गरेका छन् । राप्ती गाउँपालिकाकी १७ वर्षीया युवतीलाई सोही गाउँपालिकाको वडा नम्बर ४ का अन्दाजी २५÷२६ वर्षका अर्जुन विक, सोही वडाका २७÷२८ वर्षका प्रकाश नेपाली, २३÷२४ वर्षका इसव जीसी र १९÷२० वर्षका भूपाल थापामगरले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।

पीडित युवती आफ्नो १९ वर्षीय प्रेमीसँग गत साउन १६ गते दिउँसो घरनजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सिमानाको जंगलमा घुम्न गएका बेला ४ जनाको समूहमा आएका ती युवाहरूले पीडित युवतीकी प्रेमीलाई कुटपिट गरी घाइते बनाएर बलात्कार गरेको पीडित युवतीले जानकारी दिएकी छन् । दोषीमध्य अर्जुन विकले ती युवतीको मुखमा करिव एक घण्टासम्म लगातार मुख मैथुन गर्नुका साथै सम्वेदनशील अंग मुसारेको र अन्य ३ जनाले पनि त्यसमा सहयोग गरेको पीडित युवतीले बताएकी छन् ।

पीडित युवतीले दिएको जानकारीअनुसार उनी त्यो दिन महिनावारी भएकोले कपडामा रक्तश्राव भएपछि प्रेमीलाई भनेर जंगलमा रहेको बगिया खोलामा नुहाउन गएकी थिइन् । नुहाएर कपडा बदल्ने बेला एक्कासी आएको युवा टोलीले प्रेमीलाई कुटेर घाइते बनाई बलात्कार गरेको बुझिएको छ । ‘दाइ, मलाई यस्तो नगर्नु, म तपाईकी बहिनी जस्तो मान्छेलाई यस्तो किन गर्नु हुन्छ ? लाज लाग्दैन ? भन्दाभन्दै ‘मार्छु, काट्छु’ भन्दै जबरजस्ती गरेको पनि पीडित युवतीले बताएकी छन् । यस्तै ती बलात्कारी युवाको कुटाइबाट पीडित युवतीकी प्रेमीको शरीरैभरि नीलडाम र चोट लागेको छ । घटना भएको दिन प्रहरी घटनास्थलमा आए पनि सामान्य सोधपुछ गरेर गएको थियो ।

पीडित युवतीकी बुवाआमा काठमाडौंमा होटल व्यवसाय गरी बसेकोले घटना घटेको दिन उनकी आमा आउन नसकेपनि अर्को दिन अर्थात साउन १७ गते पीडितकी परिवार, युवतीकी प्रेमी र अन्य व्यक्ति इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दिन गएका थिए । त्यो दिन प्रहरीले आलटाल गरी जाहेरी दर्ता नगरेपछि पुनः अर्को दिन अर्थात साउन १८ गते मात्र प्रहरीले ४ जनाको नाममा जाहेरी दर्ता गरेको थियो. । त्यो दिन मात्र पीडित युवतीको स्वास्थ्य परीक्षण भएको पीडित युवतीकी आमाले जानकारी दिएकी छन् ।

बलात्कार जस्तो जघन्य अपराधका अपराधीहरूलाई प्रहरीले बचाउन खोजेको र जाहेरी दर्ता गर्न आलटाल गर्नु प्रहरीमाथि नै शंका उत्पन्न भएको पीडित पक्षले आरोप लगाएको छ । बलात्कारीमध्ये अर्जुन विक फरार छन् । अन्य ३ जना युवा गाउँमा खुलेआम हिडे पनि उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

यता पीडित युवती उनकी आमा र युवतीकी प्रेमीले बलात्कारीहरूलाई कडा सजाय र छिटोभन्दा छिटो न्याय दिन माग पनि गरेका छन् । तर तिनै समाजका केही समाजसेवी बुद्धिजीवी भन्नेहरू र दोषीहरूका परिवारले यो मुद्दालाई गाउँघरमा मिलाउन दवाव दिइरहेको बुझिएको छ ।

यता यस विषयमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारूमगरसँग बुझ्दा जाहेरी दर्ता भई दोषीहरूमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भइसकेको जानकारी दिनुभयो । उहाँले पक्राउ पुर्जी आएपछि मंगलबार प्रहरीले इसव जिसीलाई तुलसीपुरबाट फर्किदै गर्दा बाटोबाटै र भूपाल थापामगरलाई प्युठानस्थित मामाघरबाट पक्राउ गरेको प्रहरी निरीक्षक सारूमगरले जानकारी दिनुभयो । फरार २ जनालाई प्रहरीले खोजी रहेको र खोजी कार्यमा सहयोग गर्न प्रहरी निरीक्षक सारूमगरले सबैमा आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार