दाङमा नेपाली सेनाका एक जवानमा पनि कोरोना संक्रमण

  पहिलोपेज

 201 पटक हेरिएको

दाङ । दाङ जिल्लाको तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीमा कार्यरत एक सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । ट्रेनिङका लागि प्युठानबाट आएका सिन्धुलीका ३६ वर्षीय सैनिक जवानमा कोरोना पोजिटिभ देखिएको बताइएको छ ।

नेपाली सेनाको १९ नम्बर बाहिनीमा ट्रेनिङका लागि आएका जवानमा कोरोनाको आशंका लागेपछि १६ गते स्वाब संकलन गरिएको थियो । उनको स्वावको पिसिआर परीक्षण नेपालगञ्जमा भएको थियो । उक्त परीक्षणबाट जवानमा संक्रमणको पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार