हेर्नुहोस् आजको राशिफल, के लेखेको छ भाग्यमा ?

  पहिलोपेज

 239 पटक हेरिएको

वि.सं. २०७७ साउन १६ । शुक्रवार । श्रावण शुक्लपक्ष । द्वादशी, २२ः४९ उप्रान्त त्रयोदशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनेछ । व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ । मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन समेत सफल भइनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ । समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ । मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ । पछि लाभ हुने काम थालनी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । तर अरूको भावनालाई कदर नगर्दा आलोचित भइनेछ । सोखले खर्च बढाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला । प्रगतिमाथि ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । प्रयत्न गर्दा परिस्थिति अनुकूल बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईष्र्या गर्नेहरूले काममा अवरोध पुराउन सक्छन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका साथीभाइ नजिकिन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पु्राउनुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । वादविवादबाट टाढै रहने प्रयत्न गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मानसम्मान पनि प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । काम खर्चिलो हुनाले कर्जा बढ्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । काम बीचैमा रोकिनाले दोहोराएर प्रयत्न गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चलअचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोराएर प्रयत्न गर्दा लाभ हुनेछ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार