रातभर काठमाडौं उपत्यका प्रवेशमा पूर्णतः निषेध, देशैभर अन्तरजिल्ला आवागमनमा प्रतिबन्ध

  पहिलोपेज

 373 पटक हेरिएको

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि उपत्यका प्रवेशमा कडाई गरेको छ । सरकारले अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न निर्देशन गरेको छ ।

गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड– १९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोरोना पोजेटिभ फेला परेको भन्दै नाकाहरुको आवागमनमा पूर्ण निगरानी राख्न निर्देशन गरेको हो ।

मन्त्रालयले अर्को आदेश नभएसम्म अत्यावश्यक सेवा र ढुवानी बाहेक आजैदेखि लागू हुनेगरी हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुको आवागन पूर्णरुपमा बन्द गर्न गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

यसअघि अन्तर जिल्लामा जिल्ला प्रशासन कार्यालयले पास जारी गर्ने ब्यवस्थालाई नियन्त्रण गर्दै आजैबाट त्यस्ता पास वितरण गर्न बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार