सिसिएमसी बैठकले गर्यो पिसिआर परीक्षणको दायरा बढाउने निर्णय

  पहिलोपेज

 161 पटक हेरिएको

काठमाडौं । सरकारले आवश्यकताअनुसार पिसिआर परीक्षणको दायरा बढाउँदै लैजाने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले लकडाउन खुल्ला भएपछि सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगरेको निष्कर्ष निकालेको छ । यसबाट बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पिसिआर परीक्षणको दायरा बढाउदै लैजाने निर्णय गरेको हो ।

बैठकले भदौ १ गतेदेखि सुरु हुने सेवा सञ्चालनकोे मापदण्ड सम्बन्धित मन्त्रालयले तयार गर्ने र प्रवेश बिन्दुमा नै क्वारेन्टाइनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । केही दिनको परीक्षणको नजिताका आधारमा परिस्थितिको विश्लेषण गरी भावी रणनीति तयार गर्ने निर्णय बैठकले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

उहाँले काठमाडौं भित्रने नाकामा पिसिआर परीक्षण गर्दा संक्रमित भेटिएकाले यातायात तथा उपत्यकाभित्रको हालको व्यवस्था परिमार्जन गर्नुपर्ने देखिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार