एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

  पहिलोपेज

 219 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आउँदो एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । चैत ६ गतेदेखि शुरु हुने भनिएको एसईई परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार