प्रहरी मुख्यालयमै कोरोना संक्रमित, थप ४ जनामा कोरोना पुष्टि

  पहिलोपेज

 182 पटक हेरिएको

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण बढ्दै गएको देखिएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी महानिरीक्षक सचिवालयका एसएसपी कुबेर कडायतका अनुसार आज थप ४ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको छ ।

तीन दिनसम्म लगातार गरिएको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भइसकेको थियो । प्रहरी प्रधान कार्यालयमा आइतबार, सोमबार र मंगलबार परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार