सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कति छ आजको भाउ ?

  पहिलोपेज

 752 पटक हेरिएको

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको चौथो दिन अर्थात बुधबार पनि सुनको मूल्य आकाशिएको हो ।

बुधवार सुनमा प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ । आज प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजावी सुन ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १२ सय ४५ रुपैयाँमा कोरोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार