आजको राशिफलमा के लेखेको छ तपाईंको भाग्यमा ?

  पहिलोपेज

 286 पटक हेरिएको

वि.सं. २०७७ साउन १४ । बुधवार । श्रावण शुक्लपक्ष । दशमी, २६ः१८ उप्रान्त एकादशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ने छ । कामको चाप बढ्ला । शरीरमा कमजोरी अनुभूति होला । पहिलेका समस्या दोहोरिएलान् । अलमल बढ्नेछ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने छ । समस्यामा साथ दिनेहरू कमै भेटिएलान् । यात्रा खर्चिलो हुनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्नसक्ने छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हडबड गर्दा काम बिग्रनेछ । धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ । अतिथिका रूपमा सम्मान प्राप्त होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ । विभिन्न सहयोग र उपहारसमेत पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्दा राम्रो होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्ला । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्लान् । प्रतिस्पर्धीसँग सम्झौता हुनसक्छ । लगानीमा केही रकम खर्चनुपरे पनि भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन् । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साझेदारीमा फाइदा हुनेछ । दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ । महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । सहयोगीहरूको भर पर्दा काम बिग्रन सक्छ । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्नसक्छ । छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । ईष्र्या गर्नेहरूले पनि सताउनेछन् । पहिलेकै काम दोहोराउनुपर्ने स्थिति आउन सक्छ । लगनशीलताले नाम, दाम र इनाम हात पार्न सफल भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही विवादास्पद भूमिका निर्वाह गर्नुपर्ला । तापनि प्रयत्न गर्दा सामान्य काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुने समय छ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । अरूको भर पर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि अलमल्याउन सक्छन् । विवादास्पद कामको टुंगो लगाउन केही समय लाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोराएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। खर्च बढ्नेछ । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । घरेलु काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला । साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ । लगनशीलताले आँटेको काम बन्नेछ । कृषि र व्यापारमा सामान्य फाइदा हुनेछ । जिम्मेवारी हात पार्न केही समय लाग्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक काममा रुचि बढ्नेछ । मेहनत गर्दा भाग्योन्नतिको समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारीसमेत हातपार्न सफल भइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार