साउदी अरबमा कोरोनाबाट नेपाली पत्रकारको निधन

  पहिलोपेज

 363 पटक हेरिएको

साउदी अरब । कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको निधन भएको छ । कोरोना सङ्क्रमणपछि ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका– ८ का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभएको छ ।

साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको आइतवार निधन भएको बताइएको छ । उहाँ नेपालमा लकडाउन हुनुभन्दा १ दिन अगाडि साउदी अरव पुग्नुभएको निर्देशक पंगेनीले बताउनु भयो ।

स्व. श्रेष्ठ प्रवासमा निकै लोकप्रिय एनए मिडियाका म्यानेजिङ डाइरेक्टर समेत रहनुभएको थियो । उहाँ स्याङ्जा सहयोग समाज लगायतका संघसंस्थाहरुमा पनि सक्रिय हुनुहुन्थ्यो ।

स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहनुभएका श्रेष्ठ स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय रहँदै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार