देशभर १०८ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

  पहिलोपेज

 197 पटक हेरिएको

काठमाडौं । शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप १०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बिपी अस्पताल धरानमा गरिएको परीक्षणका क्रममा २ जना, गजेन्द्र नारायण अस्पताल राजबिराजमा ११, नारायणी अस्पताल वीरजंगमा ९, भरतपुर अस्पताल चितवनमा १, टेकु प्रयोशालामा १, हेटौडामा ६, पाटनमा ३, बीर अस्पतालमा २, स्टार अस्पतालमा १, रुपन्देहीमा १३, भेरी अस्पताल नेपालजंजमा ९, लुम्बिनी अस्पताल बुटवलमा ४, सुर्खेतमा ५१ र डडेलधुरामा गरिएको परीक्षणका क्रममा २० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै थप १ जनाको मृत्यु भएको छ । बारा परवानीपुरका १७ बर्षीया युवतीको गण्डक अस्पताल बीरजंगमा निधन भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । हाल क्वारेन्टाइनमा १८,१८३ जना रहेका छन् । शनिबार १०६ जना डिस्चार्ज भएका छन् भने हालसम्म १३०५३ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार