चर्चित गायक रन्जित लामाको ‘परदेशीको कथाव्यथा’

  पहिलोपेज

 161 पटक हेरिएको

काठमाडौ । चर्चित गायक रन्जित लामाको ‘परदेशीको कथाव्यथा’ बोलको गीत बजारमा आएको छ । गायक लामाले आउन माया आउ, मुसुक्क नेमा, बुट्टे रुमाल, ए हुलाकी दाइलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन् । आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन् ।

गीतमा नवीन मोक्तानको शब्द, एनबि थापा मगरको संगीत रहेको छ । उक्त गीतमा गायक रन्जित लामा र श्रीषा तामाङको स्वर रहेको छ ।

भिडियोलाई मरुभूमि नारायणले छायांकन, एमबि गुरुङले निर्देशन र आशीष गोङबो तामाङले सम्पादन र रोशन धितालले कलर गरेका हुन् ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार