चार महिनापछि सार्वजनिक सवारीसाधन सञ्चालनमा

  पहिलोपेज समाचारदाता

 108 पटक हेरिएको

काठमाडौं । सरकारसँग सहमतिसँगै लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारी बिहीबारदेखि सञ्चालनमा आएका छन् । चार महिनासम्म रहेको लकडाउन खुलेसँगै सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका हुन् ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका थिए । जसअनुसार स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै गाडी चलाइएको यातायात व्यवसायी र मजदुर संगठनहरुले जनाएका छन् ।

यसअघि केही कम्पनीले सार्वजनिक गाडी सञ्चालन गरेपनि यातायात व्यवसायी महासंघ अन्तर्गतका कम्पनीहरुले भने सवारीसाधन चलाएका थिएनन् । सावर्जनिक सवारीसाधन चल्दा सडकमा चाप बढेको छ ।

सरकारले असार २६ बाट जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार एक जिल्लाबाट अर्को जिल्लामा जान पाउनेगरी सवारी चलेका छन् । लामो दूरीको सवारी साधन भने भदौ १ गतेबाट सञ्चालनमा आउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार