काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । हिजोको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेको छ । तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना असरका कारण सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।