लकडाउन अन्त्यको घोषणा, लामो दूरीका गाडी र विद्यार्थी भर्ना भदौ १ गतेदेखि

  पहिलोपेज समाचारदाता

 747 पटक हेरिएको

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९)को महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन अन्त्य गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको लकडाउन अन्त्य भएको घोषणा गरेको हो ।

सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन अन्त्य गरिएको जानकारी दिनुभयो । सरकारले निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाएको छ । भोज र पार्टी गर्न नपाइनेगरी होटल व्यवसाय साउन १५ गतेदेखि खोल्ने निर्णय पनि सरकारले गरेको छ ।

यसैगरी लामो दूरीका यातायात भदौ १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । सरकारी कार्यालयमा दुई सिफ्टको सिस्टम पनि हटाइएको छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । शैक्षिक क्षेत्र भने अझै नखोल्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय थपिएको लकडाउनको अवधि साउन ७ अर्थात भोलिसम्म कायम रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार