कांग्रेसले सागका स्वर्णपदक बिजेतालाई सम्मान गर्ने, ओलम्पिक खेलाडीको कोरोना बिमा

  पहिलोपेज

 121 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले सागमा स्वर्ण जितेका खेलाडी नगदसहित सम्मान गर्ने भएको छ । बिभागले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै १३औं साग खेलका स्वर्णपदक बिजेताहरुलाई नगदसहित सम्मान गर्ने जानकारी दिएको हो ।

त्यस्तै बिभागले टोकियो ओलम्पिक २०२१ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको कोरोना बिमा गर्ने जनाएको छ । उक्त खेलको तयारी र सहभागिताका सम्बन्धमा तथा बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुको खेल सहभागिताका लागि गरिने तयारी कोरोनाको सुरक्षा र सावधानी अपनाउदै प्रशिक्षण सञ्चालन गर्न सरकारसँग माग गर्ने बिभागका प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रीय खेलकुद विभागले ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औं दक्षिण एसियाली खेलकुदमा भएको खर्चको पारदर्शी हिसाब देखाउन सरकारसँग माग गरेको छ । उहाँले ओलम्पिक कमिटीले विदेशीको सहायता लिँदा सरकारको अनुमति लिन नपर्ने भन्ने ऐनको प्रावधान खारेजीको समेत माग गर्नुभयो ।

त्यस्तै बिभागले १३औं सागमा भारतीय टीभी प्रसारकसँग लिएको ८ करोड रुपैँयाको अहिलेसम्म हिसाब नदेखिएकाले त्यसको हिसाब उपलब्ध गराउन समेत माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार