यातायात व्यवसायीहरु बिहीवारदेखि यातायात सञ्चालन गर्न मञ्जुर

  पहिलोपेज

 183 पटक हेरिएको

काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुरहरु बिहीबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न तयार भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले संयुक्तरुपमा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरुले साउन ८ गते बिहीबारदेखि सार्वजनिक सवारी सञ्चालन गर्ने जानकारी दिएका हुन् । आफूहरुले अघि सारेका मागहरु सरकारले केही पूरा गरेको उल्लेख गर्दै सार्वजनिक सवारी सञ्चालनमा ल्याउने उनीहरुले जनाएका छन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै गाडी चलाएका थिएनन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात व्यवस्था बिभागसँगको छलफलका क्रममा बिभिन्न बिषयमा सहमति भएकाले यातायात सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले श्रमिकहरुको कोरोना बिमादेखि यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकार सहमत भएको जनाउनुभयो ।

आफूहरुको माग श्रमिक र जनताकै लागि भएको भन्दै उहाँले अव सहजरुपमा यातायात सञ्चालन हुने जानकारी दिनुभयो । सार्वजनिक सवारीहरु जोरबिजोर प्रणालीका आधारमा सञ्चालन हुने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार