महामारीपछि बन्द गरिएका थप केही क्षेत्र खोल्ने प्रस्ताव

  पहिलोपेज

 800 पटक हेरिएको

काठमाडौं । सरकारले कोरोना महामारीका कारण बन्द गरिएका केही क्षेत्रलाई थप खुकुलो बनाउँदै खुल्ला गर्ने तयारी गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा साउन ६ गतेपछि केही क्षेत्रलाई खुल्ला गर्ने बिषयमा छलफल भएको हो । केही क्षेत्र खुल्ला गर्नका लागि प्रस्ताव आएको र त्यसबारेमा बिस्तृत छलफल गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

यसका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने र आवश्यक निर्णय लिइने उहाँले बताउनुभयो । कोरोना महामारीपछि हवाइक्षेत्र, सिनेमा हल, विद्यालय, क्याम्पस, धार्मिक क्षेत्र लगायतका क्षेत्र अझै बन्द छन् । बैठकले बिभिन्न देशमा रहेका श्रमिकहरुलाई नेपाल ल्याउने क्रमलाई जारी राख्ने निर्णय पनि गरेको छ । समितिले कोरोना नियन्त्रणका लागि भएका कामहरु प्रभावकारी भएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।

त्यस्तै विश्वभर कोरोना संक्रमण बढ्दै गएको अवस्थामा नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि भएका प्रयासलाई जारी राख्ने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार