माधव नेपाललाई अर्कै रन्को, बोलाए आफूनजिकका नेताहरुको बैठक

  पहिलोपेज

 587 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्कै रन्को थपिएको छ । आज बसेको सचिवालय बैठकमा असन्तुष्टि व्यक्त गरेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना नजिकका नेताहरुसँग बैठक गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिएलगत्तै वरिष्ठ नेता नेपालले आफूनिकट नेताहरुलाई आफ्नो निवास कोटेश्वर बोलाएर बैठक गरेका हुन् । उनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ङ’ मिलेर आफूलाई किनारा लगाउने सम्भावना देखेपछि अलग्गै बैठक बोलाइएको हुनसक्ने अनुमान गरिएको छ ।

नेता नेपालले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर अघि बढे के गर्ने ? भन्ने बारेमा छलफल गरिरहेको बताइएको छ । नेता नेपालले बैठकमा ‘चोचो मोचो कसैको मिलेर हुँदैन, विधि र प्रक्रियाको कुरा हो । कसैले गर्दैमा रोकिन्न’ भनेका थिए ।

यता अध्यक्ष प्रचण्डको सचिवालयले सबै विषयहरु छलफलकै क्रममा रहेकाले भ्रममा नपर्न आग्रह गरेको छ । स्वकीय सचिव गंगा दाहालले भनेकी छन्, ‘अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएतापनि कुनै पनि बिषयमा सहमति भएको छैन र सम्पूर्ण बिषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार