‘पातली’लाई यसपालि कतिले मन पराउने ? (भिडियोसहित)

  पहिलोपेज

 447 पटक हेरिएको

काठमाडौं । गायिका कला लम्सालले यस वर्षको तीजका लागि भनेर ‘पातली २’ बजारमा ल्याएकी छन् । उनले गत बर्षको तीजमा ‘पातली’ शीर्षकको तीजगीत दर्शकमाझ ल्याएकी थिइन् र सुपरहिट नै भएको थियो ।

‘पातली’लाई गतवर्ष युट्युबमा झन्डै ४० लाख दर्शकले हेरेका थिए । यो गीत तीजको समयमा प्रत्येक गाउँशहरका चोक र गल्लीहरुमा गुञ्जिएको थियो । शिव हमालको लय तथा शब्द रहेको यो गीत गायिका कला लम्सालकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

पर्यटकीयस्थल पोखराको लेकसाइडमा छायाङ्कन गरिएको यो गीतमा गायिका कला लम्साल र दिपासा बीसीको नृत्य रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको ‘पातली २’ गायिका कला लम्सालकै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । पातलीले भन्दा अपार माया ‘पातली २’ ले पाउने गायिका लम्सालको अपेक्षा छ ।

पातली २ हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार