लकडाउनलाई मध्यनगर गर्दै तुलसीपुर खानेपानीले ग¥यो यस्तो निर्णय, ८ हजार उपभोक्ता खुसी

१२ लाख बढि महशुल छुट

  नारायण भण्डारी

 871 पटक हेरिएको

तुलसीपुर, २७ बैशाख ।
तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनलाई मध्यनजर गर्दै १२ लाख बढि महसुल छुट दिएको छ । संस्थाको यही बैशाख २५ गते बसेको बैठकले लकडाउनका कारण उपभोक्तालाई आर्थिक भार परेको भन्दै एक महिनाको महसुल छुट दिने निर्णय गरेको हो । संस्थाका आठ हजार उपभोक्तालाई एक महिनाको न्युनमत महसुल छुट दिइने अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

लकडाउन लम्विदा आम्दानीका सबै श्रोत बन्द भएको र उपभोक्तामा आर्थिक भार परेको कुरालाई मध्यनजर गरी एक महिनाको महसुल छुट दिने निर्णय गरिएको वलीले बताए । तुलसीपुर खानेपानीका आठ हजार बढि उपभोक्ता मध्य एक सय ५० संस्थागत र सात हजार आठ सय ५० बढि ब्यक्तिगत धारा रहेका छन् । संस्थागतको मासिक न्युनमत महसुल तीन सय ५० र ब्यक्तिगत धाराको महसुल एक सय ५० रहेको छ ।

हरेक उपभोक्तालाई एक महिनाको न्युनतम शुल्क छुट दिँदा पनि संस्थालाई १२ लाख रुपैयाँ बढि व्यवहार थपिने कोषाध्यक्ष सीताराम शर्मा आचार्यले जानकारी दिए । बैठकले लकडाउन अवधीभरको विलम्व (जरिवाना) शुल्क छुट दिने पनि निर्णय गरेको सचिव मनोल लामिछानेले जानकारी दिए । खानेपानी संस्थाको यो निर्णयले उसका ८ हजार बढि उपभोक्ता खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार