२२ वर्षीया एक महिलामा पनि भेटियो कोरोना, नेपालमा उनी पाँचौं व्यक्ति

  पहिलोपेज

 342 पटक हेरिएको

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित पाँचौं व्यक्ति भेटिएकी छन् । उनी २२ वर्षीया महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भयो ।

प्रवक्ता देवकोटाका अनुसार ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । ती महिलाको विस्तृत विवरण प्राप्त भएपछि जानकारी गराइने मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाले टेकुमा हाल १० जनाको उपचार भइरहेको बताउनु भयो । उहाँले १० जनामध्ये २ जनामा पोजिटिभ रहेको बताउनु भयो । एकजना पोजिटिभ विरामी डिस्चार्ज भएको भन्ने समाचार गलत भएको पनि उहाँले बताउनु भयो । उहाँले पहिलो टोल फ्री नम्बर १११५ सञ्चालन हुँदै आएकोमा अब ११३३ नम्बरको टोल फ्री नम्बर पनि शुरु गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार ८७५ जनाको स्वाव टेष्ट गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार