नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ पुग्यो

  पहिलोपेज

 113 पटक हेरिएको

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लोपटक शुक्रवार नियमित फेसबुक लाइभमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा संक्रमित व्यक्ति भेटिएको जानकारी दिनुभयो ।

प्रवक्ता डा.देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप १ जनामा कोभिड १९ को संक्रमण भेटिएको जानकारी दिनुभयो । उहाँले उपत्यकाबाहिरको पहिलो संक्रमण भएको बताउँदै अहिलेसम्म नेपालमा जम्मा ४ जना संक्रमित भेटिएको जानकारी दिनुभयो । नयाँ संक्रमित व्यक्ति धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको र उनी दुबईबाट आएको जानकारी दिनुभयो । उनी उपचारका लागि चैत ११ गते अस्पतालमा भर्ना भएको जानकारी पनि उहाँले दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार