‘संख्या धेरै भएर मात्रै पार्टी चल्दैन’

कम्युनिष्ट नेता आचार्यको स्मृतिद दिवस

  नारायण भण्डारी

 187 पटक हेरिएको

तुलसीपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सचिव जग प्रसाद शर्मा अपारले संख्याले मात्रै पार्टी नचल्ने बताएका छन् । कम्युनिष्ट नेता लोकमणि आचार्यको स्मृतिमा आइतबार दाङको तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ५ नं. प्रदेश सचिव शर्माले दुई पार्टी एक भएसँगै संख्यात्मक हिसावले ठूलो पार्टी भए पनि सोंच, दृष्टिकोण र कार्यशैलिका हिसावले कमजोर रहेको तर्फ इङ्कित गरे ।

उनले अव कम्युनिष्ट पार्टी भीडले मात्रै चल्न नसक्ने भन्दै सोंच, बिचार, दृष्टिकोण, एजेण्डा सहितको मजवुत टीम बनाउन आवश्यक रहेको बताए । दुई पार्टीको एकता पछिको हालको अवस्थामा लोकमणी आचार्यको अभाव खड्किएको भन्दै शर्माले दिवंगत आचार्यको जीवन बाट पाठ सिकेर अडागी बढे पार्टीलाई मजबुत बनाउन सकिनेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा मुल्य मान्यता, आचरण, संस्कार, नैतिकता, पार्टी प्रतिको वफादारी आवश्यक हुनेमा जोड दिए । ठूलो संगठनले भन्दा कठिन परिस्थितिमा जुझ्न सक्ने कार्यकर्ताले पार्टी जोगाउन सक्ने बताए । ‘हामी संख्यात्म रुपमा ठूलो भएर मात्रै काम छैन एउटै स्प्रीड लिएर हिडेनौं भने गन्तब्यमा पुग्न सक्दैनौं, एक अर्कामा संका भन्दा पनि एक अर्काको पुरक हुनुपर्छ,’ उनले भने ।

पुष्पलाल स्मृति प्रतिष्ठान दाङको आयोजनामा भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य, नेता शेसुराम भण्डारी लगातले दिवंगत आचार्यले राजनीति, साहित्य र शिक्षाका मध्यमबाट समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बामदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा आचार्यका कान्छा छोरा शुरेस आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । सचिव निर्मल आचार्यको सञ्चालनबाट सुरु भएको कार्यक्रममा शालिकराम रजौरेले स्वागत मन्तब्य राखेका थिए । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक लोकमणी आचार्यको अघिल्लो बर्ष भदौं १ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार