युवा दिवसमा फलफूल बितरण

तुलसीपुर
अन्तरास्ट्रिय युवा दिवसकाे अवसर पारि साेमबार प्रादेशिक अस्पताल तुलसीपुरमा फलफूल वितरण गरिएकाे छ । जिल्ला युवा परिषद र नयाँ पाइला पुनस्थापना केन्द्र संगकाे समन्वयमा नमुना युवा संसद तुलसीपुरले अस्पतालका विरामीलाई फलफूल वितरण गरेकाे हाे ।

कार्यक्रम युवा संसदका राष्ट्रपति मदन भुसालकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगरकार्यपालिका सदस्य दीपक कुमालकाे प्रमुख अातिथ्यमा भएकाे हाे । साे क्रममा बाेल्ने बक्ताहरुले अस्पतालकाे सेवालाई थप गुणस्तरीय बनाउन यसवाहरुकाे भुमिका महत्वपुर्ण हुने बताएका थिए ।

युवाहरु समाज प्रति जिम्वेवार छन् भन्ने सन्देश दिन विभिन्न सामाजिक कार्य गर्दै अाएकाे युवा संसदका प्रधानमन्त्री टेक बहादुर केसीले बताए ।

शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रर्वदन भन्ने नारा सहित अाज नेपाल २० अाैं अन्तरास्ट्रिय युवा दिवस मनाइदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार