सहयाेगीद्वारा मृत्यु राहत काेष हस्तान्तरण

खनाललाई मातृ शाेक

  नारायण भण्डारी

 343 पटक हेरिएको


तुलसीपुर
तुलसीपुरकाे सहयाेगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक शेयर सदस्यकाे परिवारलाई मृत्यु राहत काेष हस्तान्तरण गरेकाे छ ।

तुलसीपुर ९ बेलुवा निवासी अाफ्ना शेयर सदस्य जीतु खत्रीकाे ८६ बर्षकाे उमेरमा मृत्यु भएपछि संस्थाले अाइतबार मृतककाे घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकाे हाे ।

संस्थाका अध्यक्ष कर्ण बहादुर वलीकाे नेतृत्वमा पुगेकाे संस्था सञ्चालक समितिकाे टाेलीले मृतक खत्रीकाे परिवारलाई दस हजार रुपैंयाँ हस्तान्तरण गरेकाे हाे ।

सहकारी जन्मदेखि मृत्यु सम्म संग संगै हुने भएकाले संस्थाले सदस्यकाे मृत्यु पछि परिवारलाई १० हजार राहत उपलब्ध गराउँदै अाएकाे अध्यक्ष वलीले बताए ।

साे अवसरमा मृतक जीतुका कान्छा छाेरा रुप बहादुर खत्रीले सहकारीले सुख दुःखमा साथ दिने भएका कारण पनि यस प्रति नागरिककाे अाकर्षण बढेकाे बताए । बचत तथा ऋण जिल्ला सहकारी संघ दाङका अध्यक्ष समेत रहेका खत्रीले अाफ्नाे परिवार शाेकमा रहँदा हाैसला दिएकाेमा कृतज्ञता प्रकट गरेका थिए । खत्रीकाे साउन १ गते निधन भएकाे थियाे ।

यसैबीच

यातायात व्यवसायी बामदेव खनाललाई मातृ शाेक. परेकाे छ । नमस्ते राप्ती यातायात प्रा.लि का अध्यक्ष खनालकी अामा तुलसीपुर १७ मज्गैं निवासी पुर्ण राज्य लक्ष्मीकाे शनिबार अपरान्ह साढे ४ बजे तिर निधन भएकाे हाे । अर्बुद (क्यान्सर) पीडित खनालकाे ६८ बर्षकाे उमेरमा निधन भएकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार