युवा नेताको जन्मदिन युवा संगै

नमुना युवा संसदलाई टी-सर्ट वितरण

तुलसीपुर ।
यहाँको युवा नेता दुजमान भण्डारी बर्षातले आफ्नो जन्मदिन युवाहरु संग मनाएका छन् । तुलसीपुर ६ निवासी भण्डारीले आइतबार नगर स्तरीय नमुना युवा संसदका युुवाहरु सँग जन्मदिन मनाएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका ६ नं. वडाका सदस्य समेत रहेका भण्डारीले जन्मदिनको अवसरमा तुलसीपुरको नमुना युवा संसदलाई टी–सर्ट सौजन्य गरेका छन् ।

१९ वटा वडाबाट छनोट भएर बनेको नमुना युवा संसदका ५० जना सदस्यहरुलाई ५० थान टी–सर्ट सौजन्य गरेका हुन् ।
राजनीति र व्यवसायलाई संगसगैं अडागी बढाएका भण्डारीले समर सप्लायर्सनो नाममा सञ्चालीत प्रित ट्याक्टरको डिलरबाट टी–सर्ट सौजन्य गरेका छन् । उनले जन्मदिनमा नमुना युवा संसदलाई करिव ३० हजार बराबरको टी–सर्ट सौजन्य गरेका छन् ।
‘खासमा केक काटेर जन्मदिन मनाउने मेरो रहर थियन, युवा साथीहरुले यस्तो कार्यक्रम राख्नुभएछ, म त एक्कासी अक्कनमक्क परें,’ उनले भने ।

‘युवा संसदलाई टी–सर्ट सौजन्य गर्ने भनेर छपाएर राखेको थिंए, उहाँहरुले टी–सर्ट लिन आउँछौं कहाँ हुनुहुन्छ भन्नुभयो, मैले लोकेशन दिएं, एक्कासी आएको हुलले ह्याप्पी बर्थ डे बर्षत दादा भन्दै अविर दल्न थाल्यो,’ तुलसीपुर स्थित द पार्क क्याफेमा बसेका भण्डारीले भने । ‘आफू (युवा) हरुका हरेक गतिविधीमा साथ दिएकाले युवा संसदले बर्षात दादाको जन्मदिन मनाउने योजना बनाएको थियो,’ नमुना युवा संसदका राष्ट्रपति मदन भुसालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार