पीडित नगर प्रगतिनगरमा बदलिन्छ : सांसद केसी

पीडितनगरमा नि:शुल्क बिरुवा वितरण

  • तुलसीपुर
    प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसीले अब कुनै गाउँटाेल पीडामा बस्नु नपर्ने बताएका छन् । तुलसीपुर ६ काे माेतीपुरमा रहेकाे पीडितनगर टाेलमा शनिबार भएकाे एक कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । साे टाेलमा भएकाे फलफूलका बिरुवा वितरण कार्यक्रममा बाेल्दै सांसद केसीले सरकारले विकासलाई तिब्र पारेकाले अब सबै नागरिक पीडा मुक्त हुने बताए ।


‘बाटाेघाटाे, विद्युत, पानी, स्वाथ्य, शिक्षा जस्ता विकासका अाधारभूत सुविधाबाट काेही बञ्चित हुन पर्दैन, यसकै कारण काेही पीडित हुन पर्दैन’ सांसद केसीले भने । कार्यक्रमका प्रमुख अतिथि केसीले माेतीपुरकाे पीडित नगरलाई अाफ्नै कार्यकालमा मुक्तिनगर/प्रगतिनगरका रुपमा परिणत गर्ने प्रतिवद्धता ब्यक्त गरे । सांसद केसीले विकासकालागि पहिले जनता जाग्नु पर्ने र जन सहभागिता हुनुपर्नेमा जाेड दिए ।

टाेल विकास संस्थाका अध्यक्ष भीम बहादुर भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टि (नेकपा) का नेता अमित शर्मा, वडा नं.६ का सदस्य दुजमान भण्डारी बर्षात लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

भू तथा जलाधार कार्यालय तुलसीपुरद्वारा अनुदानमा प्राप्त दुई सय अाँपका बिरुवा साे टाेलका करिव १ सय घरधुरीलाई प्रति घर २ वटाका दरले बितरण गरिएकाे टाेल विकास संस्थाका सचिव नारायण भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार