‘शुसासनको सुरुवात टोल–टोलबाटै’

तुलसीपुरको वडा नं. ६ मा शुसासनका बिषयमा छलफल

  नारायण भण्डारी

 338 पटक हेरिएको

तुलसीपुर ।
शुसासनको सुरुवात टोल–टोलबाटै गर्नुपर्नेमा एक कार्यक्रमा सहभागीले जोड लिएका छन् । तुलसीपुर उपमहानगपालिका वडा नं. ६ मा बुधबार भएको एक कार्यक्रमका सहभागीले अधिकाशं विकास बजेट टोल विकास संस्था मार्फत कार्यान्वयनको चरणमा जाने हुँदा त्यहींबाट शुसासन सुरु गर्नुपर्ने बताएका हुन् ।

विकासमा साझेदारी गर्नेगरी उपमहागरले गठन गरेका टोल विकास संस्थाको विकास संगै शुसासनमा पनि महत्वपूर्ण भुमिका हुनेमा जोड दिए । टोल विकास संस्थाहरुका लागि संस्थागत शुसासन सथा योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले विकास निमार्णका योजनालाई टिकाउ र गुणस्तरीय बनाउन टोल विकास संस्थाको प्रमुख जिम्वेवारी हुने बताए ।

स्थानीय नागरिकमा योजना प्रतिको अपनत्व बढाउन जनसहभागिता अनिवार्य रहेको र जनसहभागीता जुटाउने दायीत्व टोल विकास संस्था भएको उनीहरुको भनाइ थियो । सरकारको नीति कार्यक्रमलाई कार्यान्वयन गर्ने सबै भन्दा तल्लो र महत्वपूर्ण निकाय टोल विकास संस्था भएकोमा उनीहरुको जोड थियो ।

कार्यक्रममा वडा अध्यक्ष नवराज लामिछानेले योजना तर्जुमा, योजना छनोट प्रकृयाका चरण र त्यसमा टोल विकास संस्थाको भुमीकाका बिषयमा सहजिकरण गरेका थिए । सो क्रममा उनले सबै नागरिक सचेत भए योजना सञ्चालनका नाममा हुने अनियमितता रोक्न सकिने बताए ।

उनले अरुलाई भन्नु भन्दा पनि उपभोक्ता आफै सजग भएर अनियमितता रोग्न लाग्नुपर्नेमा जोड दिए । त्यस्तै उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख टंक गौतमले संस्थागत सुशासन तथा योजना सम्वन्धी बिषयमा सहजिकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गौतमले जन्मनु अघि देखि मृत्यु पश्चात सम्म राज्यले नागरिकमा लगानी गरेको भएपनि त्यसको सदुपयोगका लागि ध्यान केन्द्रीत नभएको बताए ।

जनसहभागिता बाटै शुसासन सुरु हुने भन्दै उनले योजना प्रतिको अपनत्व बढाउन जनसहभागिता अनिवार्य छ भने । टोल विकास संस्था विकास र शुसासनका खम्वा भएकोमा उनले जोड दिए । त्यस्तै नानीमैयाँ वलीले योजना कार्यान्वयन, उपभोक्ता समिति गठन र भुक्तानी प्रकृयाका बिषयमा सहजिकरण गरेकी थिइन् ।

वडा सचिव सरस्वता खरेलको सञ्चालनबाट सुरु भएको कार्यक्रममा वडा सदस्य युवा कराराले विषय प्रवेश गराएकी थिइन् । कार्यक्रममा वडा नं. ६ का १० वटा गाउँमा गठन भएका टोल विकास संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार