तुलसीपुर ६ मा झुल वितरण


तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.६ ले यहाँका १ सय ५ घर धुरीलाई झुल वितरण गरेकाे छ । युनिसेफकाे सहयाेगमा वडाले सुपानेट (कीट नाशक) झुल वितरण गरेकाे हाे ।

तुलसीपुर उपमहानगरले अस्थाई रुपमा फाेहाेर फाल्दै अाएकाे क्षेत्र वरपरका विपन्न बर्षका नागरिकलाई झुल वितरण गरिएकाे हाे । डम्पिङ साइड प्रभावित क्षेत्रमा लामखुट्टे नियन्त्रणकालागि दैनिक जसाे अाैषधि छर्कने गरिएपनि दाेहाेराे शुरक्षाका लागि सुपानेट झुल बितरण गरिएकाे वडा सदस्य दुजमान भण्डारी बर्षातले बताए ।

प्राय: विपन्न समुदायकाे बसाेवास रहेकाे डम्पिङ साइड प्रभावित क्षेत्र वरपरका नागरिक सुपानेट झुल पाएपछि खुसी भएका छन् । परिवार संख्याका अाधारमा १ सय ४७ घरधुरीलाई प्रति घर १ देखि ४ वटा सम्म झुल बितरण गरिएकाे वडा सचिव सरस्वता खरेलले जानकारी दिइन् ।

नयाँ झुल पाइन्छ भन्ने सुनेर स्कुल जान छाडेर वडा कार्यालय अाएकाे महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत अस्मिता चाैधरीले बताइन् । घरमा पुरानाे झुल भएपनि लामखुट्टे पसेर रातभर सताउने गरेकाे उनले स्मरण गरिन् ।

वडा अध्यक्ष नवराज लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सदस्य नारायण भण्डारी र शिक्षा प्रेमी तिलक शाहुले वडाले गर्दै अाएकाे जनपक्षीय कार्यलाई थप व्यापक बनाउन सुझाव दिएका थिए । कार्यक्राकाे सञ्चालन नानीमैयाँ वलीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार