तुलसीपुर ६ लाई बालश्रम मुक्त घाेषणा गरिने 

५१ सदस्यीय मूल समिति गठन

  नारायण भण्डारी

 363 पटक हेरिएको

तुलसीपुर ।

दाङ तुलसीपुर उपमहानगरपालिकाकाे वडा नं. ६ लाई यस क्षेत्र कै पहिलाे बाल श्रम मुक्त घाेषणा गरिने भएकाे छ । अवकाे दुई महिना भित्र मै वाल श्रम मुक्त घाेषणा गर्नेगरी तयारी भइरहेकाे वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।

वडालाई बाल श्रम मुक्त घाेषणा गर्न पहिलाे चरणमा घर-घरमा पुगेर तथ्यांक संकलन गरिएकाे उनले बताए । याे तथ्यांक अनुसार वडामा १३ जना बाल श्रमिक रहेकाे र उनीहरुलाई उद्वार गरी विद्यालय भर्ना गर्ने तयारी भइरहेकाे छ ।

घरेलु, हाेटल, निर्माण, यातायात, ग्यारेज गरि ७ जना वालक र ६ जना वालिकाले श्रम गरिरहेकाे तथ्यांक छ । वडाका ३ हजार २ सय ३९ घरमा पुगेर याे तथ्यांक संकलन गरिएकाे हाे । १८ बर्ष मुनिका ४ हजार वालवालिकाकाे तथ्यांक संकलन गर्दा १३ जना बाल श्रमिक फेला गरेका हुन् ।

वडालाई बाल श्रम मुक्त गर्नकालागि शनिवार सराेकारवालाबीच भएकाे छलफलले नगर प्रमुखकाे संयाेजकत्वमा ५१ सदस्यीय बालश्रम मुक्त वडा घाेषणा मूल समिति गठन गरेकाे छ । समितिमा उपप्रमुख माया अाचार्य, वडा अध्यक्ष नवराज लामिछाने, पत्रकार महासंघ, यातायात, हाेटल व्यवसायी, उद्याेग वाणिज्य संघ, बाल सञ्जाल, युवा सञ्जाल, अधिकारकर्मी लगायत सराेकारवाला सदस्य रहेका छन् ।

छलफलले १३ सदस्यीय कार्यदल पनि गठन गरेकाे छ । यस्तै बाल श्रम मुक्त वडा घाेषणाकालागि ५ वटा उपसमिति गठन गरीएकाे छ । अार्थिक तथा सचिवालय व्यवस्थापन, अनुगमन मुल्यांकन तथा प्रमाणिकरण, सुचना तथा सञ्चार, पुनस्थापना तथा उद्वार र  घाेषणा गरि ५ वटा उपसमिति गठन गरीएकाे हाे । सबै उपसमितिले ताेकिएकाे विम्वेवारी पूरा गरि राष्ट्रिय। बाल दिवसकाे अवसर पारि वडालाई बाल श्रम मुक्त गरिने छ ।

नवजागरण महिला तथा बाल संरक्षण केन्द्रकाे अायाेजना र वडा कार्यालयकाे सहयाेगमा कार्यक्रम भएकाे हाे । वडा अध्यक्ष लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख माया अाचार्य, इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुबेदी, उच्च अदालत बार तुलसीपुरका प्रदीप धिताल, अधिकार कर्मी शुष्मा गिरी, निर्मल नेपाली, सराेकारवालाले वडालाई बाल श्रम मुक्त घाेषणाका लागि सहयाेग गर्न तयार रहेकाे प्रतिवद्धता ब्यक्त गरेका थिए ।

न्यु सीपीसीका महासचिव नानीमैयाँ वलीकाे सञ्चालनबाट सुरू भएकाे कार्यक्रममा उपमहानगरकाे महिला तथा वालवालिका शाखा अधिकृत माया श्रेष्ठले स्वागत र न्यु सीपीसीका अध्यक्ष नीशा लामिछानेले धन्यवाद मन्तब्य राखेका थिए ।

१४ बर्ष मुनिका वालवालिकालनई कुनै पनि श्रममा लगाउने नपाइने र १४ देखि १८ बर्ष सम्मका वालवालिकालाई मापदण्ड पूरा गरि सम्वन्धित निकायबाट स्वीकृति लिइ श्रममा लगाउन पाउने कानुनी व्यवस्था रहेकाे छ । दाङमा हालसम्म कुनैपनि वडा वाल श्रम मुक्त घाेषणा भएकाे छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार